IME Life New

२५% लाभांश पारित गर्न आरएमडिसीले आब्हान गर्यो एजिएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा काठमाडौंको कालिकास्थान स्थित अमृतभोगमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक बर्ष २०७७/०७८ बाट आफ्ना शेयरधनिहरुलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजन सहितको लागि ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले उक्त लाभांश पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट २३ औं वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु सहितको आर्थिक बर्ष २०७७/०७८ को वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थाको नियमावली अनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने, आरएमडीसी लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नरगाभिन (मर्जर गर्न वा प्राप्ति) वा प्राप्त गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्याकनकर्ता नियुक्त गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। संस्थाको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरुमा आवश्यक संशोधन गर्नेछ।

त्यसैगरी सभाले संस्थाको नियमावलीको नियम २९ को उपनियम (१) (ख) संशोधन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अन्य निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS