IME Life New

२५० अंकको करेक्सन पछि बढ्न थाल्यो शेयर बजार, एक महिनामा कुन बीमा कम्पनीको कतिले घट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक महिनामा २५० अंकको करेक्सन पछि शेयर बजार पुनः सुधार हुन थालेको छ । साताको अन्तिम दुइ कारोबार दिनमा नेप्से सूचक ८४ अंकले सुधार भएको हो । लगातार एक महिनासम्म ओरालो झरेको शेयर बजारमा कारोबार रकम पनि घटिरहेको छ ।

नेप्से सूचक ओरालो झर्दा सबैभन्दा धेरै बीमा कम्पनीका शेयरधनीले गुमाएका छन् । जीवन बीमा कम्पनीको उपसूचक पछिल्लो करेक्सनमा २४०१ अंकले ओरालो झरेर १५ हजार ७६८ अंक भन्दा तल झर्यो । त्यस्तै निर्जीवन बीमा कम्पनीको उपसूचक पनि ११९६ अंकले घटेर ११ हजार ८६८ अंकसम्म तल झर्यो ।

Esewa
Crest

यस अवधिमा कतिपय लगानीकर्ताले नाफा बुक गरेका छन् । बुलिस ट्रेण्डमा रहेको दोस्रो बजारमा पछिल्लो एक महिना सिजनल प्रभाव देखिएको विश्लेषकहरु बताउछन् । यसै क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

दोस्रो बजारमा सूचिकृत २८ बीमा कम्पनी मध्ये २७ बीमा कम्पनीहरुको शेयर मूल्य घटेको छ । यस अवधिमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य भने २ रुपैयाँले सुधार भएको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ३० प्रतिशतले मूल्यमा गिरावट भएको छ । कम्पनीको शेयर मूल्य प्रति कित्ता ८३७ रुपैयाँले घटेको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा प्रयोजनका लागि भएको बुक क्लोज पछि मूल्यमा गिरावट आएको हो । कम्पनीले दुई आर्थिक वर्षको २७ दशमलब ७६ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभा लैजादै छ ।

यस अवधिमा १० बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटेको छ । एक महिनाको करेक्सनमा एशियन लाइफको १९५ रुपैयाँ, गुराँस लाइफको ९१ रुपैयाँ, नेशनल लाइफको १४९ रुपैयाँ, नेपाल लाइफको १८५ रुपैयाँ, प्रभु लाइफको ९७ रुपैयाँ, प्राइम लाइफको १०५ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५० रुपैयाँ, नेको इन्स्योरेन्सको १५८ रुपैयाँले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जले डेड महिनासम्म कारोबार रोक्का गरेको राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ । यसै सातादेखि नेप्सेले कम्पनीको कारोबार खुला गरेको हो । कारोबार खुला गरे पछि राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ६८५ रुपैयाँ र कम्पनीको संस्थापक शेयर भने ७०० रुपैयाँले घटेको छ ।

यस साता

यस सातामा १७ कम्पनीको शेयर मूल्य घटेको छ । साताको अन्तिम दुई दिनको सुधारमा १२ कम्पनीको मूल्य बढेको छ । यस साता जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा भने खासै परिवर्तन भएको छैन । यस साता सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको हो। डेड महिनाको कारोबार रोक्का पछि यस साता कारोबार खुला हुँदा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको हो । एक महिनाको करेक्सनमा अत्याधिक घट्नबाट भने बचेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको संस्थाप र सर्वसाधारण दुबै समुहको शेयर मूल्यमा गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS