IME Life New

२१% बोनश शेयर पारित गर्न आरम्भ चौतारीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले चैत्र २७ गते आइतबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । ९बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभामा संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्ररनियमावलीमा संशोधन थप गर्ने, विशेष प्रस्ताव नं। (१) मा प्रस्ताव गरे वमोजिम बोनश शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता सुविधा बृद्धि गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने, हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ

त्यसैगरी प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS