IME Life New

२० हजार भन्दा बढि बीमितमा कोरोना संक्रमण, दावी भुक्तानी दुई अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई सबैभन्दा बढि प्रभावित बनाएको छ । अमेरिका युरोप जस्ता देशहरुमा सयौं चिकित्सकले ज्यान लिइसकेको कोरोना भाइरसबाट नेपालमा पनि फ्रन्ट लाईनमा खटिने १५ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा कोरोना बीमाविरुद्धको बीमा दावी समेत भयानक आकार ग्रहण गर्दै गरेको पाइएको छ । अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी २० हजार वटा भन्दा नाघिसकेको छ । कोरोना बीमाको दावीका लागि बीमा पुलमा मात्रै १० हजार भन्दा बढि फाइल लाईनमा छन् भने १० हजार भन्दा बढि फाइल कागजात तयार पार्ने क्रममा रहेको छ । अनौपचारिक तथ्याङ्क अनुसार दावी भुक्तानी दुई अर्ब नाघिसकेको छ ।

बीमा पुलमार्फत बीमा समितिमा प्राप्त भएको विवरण अनुसार कोरोना बीमाको दावी एक अर्ब नाघेको भएपनि अनौपचारिक रुपमा संकलन गरिएको तथ्याङ्कमा दुई अब भन्दा बढिको कोरोना बीमा दावी बीमा कम्पनीहरुमार्फत बीमा पुलमा पुगेको छ । नेपाल सरकारले सबै सरकारी कर्मचारीको कोरोना बीमा गर्ने र कोरोना बीमाको आर्थिक राज्य कोषबाट बीमा शुल्क बुझाउने चालु आबको बजेटमै व्यवस्था गरेका कारण छ लाख भन्दा बढि कर्मचारीहरुको कोरोना बीमा गरिएको छ ।
अनौपचारिक रुपमा प्राप्त तथ्याङ्क अनुसार कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका ११ हजार आठ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उल्लेखित मध्ये अधिकांशले कोरोना बीमा दावी गरेका छन् ।

Esewa
Crest

प्राप्त तथ्याङ्क अनुसार प्रहरीका ६ हजार १४ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, नेपाली सेनाका ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने यस्तै सशस्त्र प्रहरी बलका एक हजार छ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ । सुरक्षाकर्मी मात्रै ११ हजार ८११ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सो मध्ये अधिकांशको बीमा गरिएको छ । त्यस्तै, सरकारी कर्मचारी करिब दुई हजार, बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु करिब पाँच हजारको संख्यामा कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । उल्लेखित अधिकांशको कोरोना बीमा गरिएको र ढिलो चाँडो बीमा दावी पर्ने देखिएको छ । तथ्याङ्क अनुसार हालसम्म २१ हजार भन्दा बढि बीमितले कोरोना संक्रमण भएको जानकारी सम्बन्धित बीमा कम्पनीमा गराइसकेका छन् ।

बीमा समितिले २०७७ बैशाख ७ गतेदेखि जारी गरेको कोरोना बीमा पोलिसी पछिल्लो पटक विवादमा छ । महामारीको बीमा नहुने सिद्धान्त विपरित नेपालमा भने जनतालाई राहत दिने नाममा सुरु गरिएको कोरोना बीमाको कारण बीमा कम्पनीहरु नै अप्ठेरो अवस्थामा पर्न सक्ने चेतावनी बीमा बिज्ञहरुले दिँदै आएका छन् । बीमा कम्पनीहरुमा कोरोना बीमाको दावी भुक्तानी बक्यौता ८० करोड भन्दा बढि छ । कोरोना बीमाको दावी भुक्तानी समयमा नभएको भन्दै बीमितहरुले बीमा कम्पनी र बीमा समितिको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS