IME Life New

२० वर्षको उमेरमा खोले कम्पनी, २३ वर्षमा बने अर्बपति, आज एलन मस्कभन्दा धनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग विश्वका धनी व्यक्तिहरुको सूचीमा तेस्रो स्थानमा पुगेका छन्। उनले एलन मस्कलाई पछि पर्दै यो उपलब्धि हासिल गरेका हुन्। यो सूचीमा फ्रान्सका बर्नार्ड अर्नाल्ट र अमेजनका जेफ बेजोस उनीभन्दा अगाडि छन्।

यो वर्ष जुकरबर्गको कुल सम्पत्ति सबैभन्दा बढी ५८.९ अर्ब डलरले बढेर १८७ अर्ब डलर पुगेको छ। जुकरबर्ग सन् २०२० नोभेम्बर १६ पछि पहिलोपटक विश्वका धनीव्यक्तिको सूचीमा तेस्रो स्थानमा पुगेका छन्। मेटाको शेयरभाउ यस वर्ष ४९ प्रतिशत बढेको छ। जुकरबर्गले सानै उमेरमा कम्पनी खोलेका थिए र २३ वर्षको उमेरमा विश्वकै कान्छो अर्बपति बन्ने कीर्तिमान राखेका थिए।

Esewa
Crest

जुकरबर्गको जन्म सन् १९८४ मे १४ मा न्युयोर्कको ह्वाइट प्लेन्समा भएको थियो। सन् २००४ मा उनले हार्वर्ड विश्वविद्यालयको होस्टल कोठामा आफ्ना तीन साथीहरुसँग फेसबुक स्थापना गरेका थिए। जुन आज विश्वको सबैभन्दा ठूलो सामाजिक नेटवर्क साइट बनेको छ। सन् २००४ मा जुकरबर्गले बेन्चर क्यापिटलिस्ट पिटर थियलबाट ५ लाख डलरको एन्जल इन्भेस्टमेन्ट प्राप्त गरे। अर्को वर्ष अर्थात् २००५ मा उनले आधिकारिक रुपमा आफ्नो कम्पनीको नाम फेसबुक राखे। सोही वर्ष याहुले १ अर्ब डलरमा कम्पनी किन्न प्रस्ताव गरेको थियो तर यो प्रस्ताव जुकरबर्गले अस्वीकार गरे। सन् २००७ मा २३ वर्षको उमेरमा जुकरबर्ग संसारको सबैभन्दा कान्छो अर्बपति बने।

सन् २०१२ कम्पनीका लागि विशेष रह्यो। सोही वर्ष फेसबुकले डिजिटल फोटो कम्पनी इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरिद गर्यो। सोही वर्षको मे महिनामा फेसबुकको साधारण शेयरको सार्वजनिक निष्कासन गरिएको थियो। जुन त्यतिबेलाको सबैभन्दा ठूलो प्राविधिक आइपीओ थियो। सोही वर्ष फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको थियो। त्यसपछि उनले पछाडि फर्केर हेरेनन् र धनीहरुको सूचीमा चढिरहे।

फेसबुकले सन् २०१४ मा सबैभन्दा ठूलो खरिद गरेको थियो। कम्पनीले १९ अर्ब डलर तिरेर मेसेजिङ एप ह्वाट्सएप किनेका थिए। यो फेसबुकको अहिलेसम्मको सबैभन्दा ठूलो अधिग्रहण हो। यो गुगल, माइक्रोसफ्ट वा एप्पलसँगको कुनै पनि सम्झौताभन्दा ठूलो थियो। यसका लागि दुई कम्पनीबीच दुई वर्षदेखि वार्ता चलिरहेको थियो।

अक्टोबर २०२१ मा फेसबुकले आफ्नो नाम मेटा प्लेटफर्ममा परिवर्तन गर्यो। जसमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप गरी तीन कम्पनी छन्। सन् २०२२ मा कम्पनीको राजस्व ११७ अर्ब डलर थियो र यसका मासिक प्रयोगकर्ता ३.७ अर्ब थिए। जुकरबर्गको मेटा प्लेटफर्ममा करिब १३ प्रतिशत हिस्सेदारी छ। मेटा प्लेटफर्म अहिले १.३४४ ट्रिलियनको बजार पुँजीकरणका आज विश्वको सातौँ ठूलो कम्पनी रहेको छ। गुगलको मूल कम्पनी अल्फाबेट, अमेजन, साउदी आरामको, एनभिडिया, एप्पल र माइक्रोसफ्टको मार्केट क्याप मेटा प्लेटफर्मको भन्दा बढी रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS