IME Life New

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा,कुन कुन पर्वका लागी पाइनेछ बिदा?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल सरकारले २०८० सालकाे लागी दिइने सार्वजनिक बिदाहरु राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरेकाे छ । राजपत्रमा प्रकाशित सार्वजनिक बिदाकाे सूचना अनुसार वर्षभरमा ३५ दिन सार्वजनिक बिदाकाे घाेषणा गरिएकाे छ । बडा दशैंका लागी ६ दिन र तिहारका लागी ५ दिन बिदा सबैभन्दा लामाे अवधिकाे बिदा रहेकाे छ।

प्रकाशित सूचना अनुसार गाैरा पर्वमा सुदूरपश्चिम, गाइजात्रामा काठमाण्डाै उपत्यकाका साथै देशभरका नेवार समुदायका लागी बिदा घाेषणा गरिएकाे छ। यसैगरी सिरूवापानी पर्वका लागी झापा माेरङ सुनसरी सिराहा र सप्तरी जिल्लामा सार्वजनिक बिदा दिइने भएकाे छ।

Esewa
Crest

काठमाण्डाै‌ उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज बिदा र जितिया पर्व मनाउने महिलाका लागी मात्र जितिया पर्वकाे बिदा दिइएको छ ।

पृथ्वी जयन्ती र  जनयूद्ध दिवसमा पनि सरकारले बिदा दिने भएकाे छ। पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते र जनयूद्ध दिवसका लागी फागुन १ गते सार्वजनिक बिदा हुनेछ।

२०८० साल भरिको सार्वजनिक विदा संम्वन्धी (६५)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

6%
sad

दु :खी

35%
amazed

अचम्मित

6%
excited

उत्साहित

24%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS