IME Life New

२०८० सालकाे सार्वजनिक बिदामा पनि बैंक र बीमा कम्पनीका कर्मचारीले पाउँदैनन् बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । नेपाल सरकारले २०८० सालका लागी घाेषणा गरेकाे अधिकांश सार्वजनिक बिदामा बीमा कम्पनी र बैंक तथा वित्तीय संस्था खुल्ला रहने भएका छन् । राजपत्रमा बिहीबार प्रकाशित सूचना अनुसार  विभिन्न दिवस तथा पर्वहरूमा बिदा घाेषणा गरिए पनि सम्बन्धित निकायले सार्वजनिक सेवा यथावत राख्नुपर्ने भएकाे छ।

राजपत्रकाे सूचना अनुसार  बैशाख पूर्णिमा, रक्षा बन्धन, कृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उद्याैली पर्व, याेमरी पुन्ही, तमू ल्हाेसार, माघी पर्व, साेनाम ल्हाेसार, महाशिवरात्री, ग्याल्पाे ल्हाेसार, इद, बकरइद, गाइजात्रा, इन्द्र जात्रा, भाेटाे देखाउने जात्रा, घाेडे जात्रा, गणतन्त्र दिवस, जनयूद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा भएपनि सरकारी निकायसँगै ले प्रदान गर्ने अत्यावश्यकीय सार्वजनिक सेवा प्रवाह यथावत रहनेछन् ।

Esewa
Crest

प्रकाशित सूचनाका अनुसार नागरिकता, राहदानी, कन्सुलर, भन्सार तथा राजश्व, राजश्व अनुसन्धान ,समेत क्वारेन्टाइन, सवारी अनुमति, सवारी दर्ता, नविकरण उद्याेग वाणिज्य, कम्पनी प्रशासन, वैदेशिक राेजगार, राष्ट्रिय परिचय पत्र, पञ्जीकरण, मालपाेत, नापी, स्थानीय तहबाट प्रवाहित हुने सार्वजनिक सेवा, भेटनरी, खाेनपानी, विद्युत, सडक, ढल, खाद्य, गुणस्तर परिक्षण, शिक्षण स‌ंस्थाबाट संचालन हुने परिक्षा, वैदेशिक अध्ययन अनुमति, प्रहरी प्रतिवेदन, बैंकिङ तथा बीमा सम्बन्धी सेवा पनि सार्वजनिक बिदामा प्रवाह हुनेछन्।

यी पर्व र दिवसका बेला सार्वजनिक बिदा भएपनि सेवा प्रवाहका लागी सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्देशन दिइएकाे छ।

सार्वजनिक बिदामा कार्यालयमा हाजिर भएर काम गरेका कर्मचारीलाई सट्टा बिदा मार्फत् साेधभर्ना गर्नुपर्ने प्रावधान समेत राजपत्रमा प्रकाशित सूचनाकाे प्रकरण १०(३) मा प्रावधान उल्लेख गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%
happy

खुसी

0%
sad

दु :खी

23%
amazed

अचम्मित

0%
excited

उत्साहित

73%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS