IME Life New

२००% हकप्रद निष्काशनको प्रस्ताव सहित घलेम्दी हाइड्रोले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले नवौं वार्षिक साधारण सभा बैशाख १६ गते गर्ने भएको छ । कम्पनीको उक्त सभा सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजे, गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ।व। २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको १ः२ हकप्रद सेयर निस्काशन गरी छुजुङ्ग खोला जलविद्युत आयोजनामा ६३ मे.वा. लगानी गर्ने संचालक समितिको निर्णय अनुमोदन गर्नेछ ।

सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालन समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS