IME Life New

२०० अर्ब डलरको क्लबमा यी ३ धनाढ्य, एलन मस्क फेरि विश्वकै धनीव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्लाका सीईओ एलन मस्क फेरि विश्वकै धनीव्यक्ति बन्न सफल भएका छन्। विगत २४ घन्टामा मस्कको सम्पत्तिमा आएको उछालसँगै उनी फेरि विश्वका शीर्ष धनाढ्यहरुको सूचीमा अग्रस्थानमा उक्लिएका छन्।

मस्कले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका हुन्। पछिल्लो २४ घन्टामा मस्कको सम्पत्ति ६.७४ अर्ब डलरले बढेको छ। योसँगै उनको कुल सम्पत्ति २१० अर्ब डलर पुगेको छ। जेफ बेजोसको कुल सम्पत्ति भने २०७ अर्ब डलर रहेको छ।

Esewa
Crest

ब्लुमबर्गको तथ्यांकअनुसार विश्वका शीर्ष ३ धनाढ्यको सम्पत्ति २०० अर्ब डलर माथि रहेको छ। एलन मस्कको २१० अर्ब डलर, जेफ बेजोसको २०७ अर्ब डलर र तेस्रो स्थानमा रहेको बर्नार्ड अर्नाल्टको २०० अर्ब डलर रहेको छ।

फेसबुकका मालि मार्क जुकरबर्ग विश्वका शीर्ष धनाढ्यको सूचीमा चौथो स्थानमा छन्। उनको कुल सम्पत्ति १८० अर्ब डलर रहेको छ। ल्यारी पेज १५८ अर्ब डलरका साथ पाँचौँ स्थानमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS