IME Life New

१ हजार ८५ जनाले उत्तीर्ण गरे अभिकर्ताको अनलाइन परीक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन माध्यमबाट लिन थालेको परीक्षाबाट हालसम्म १ हजार ८५ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

Esewa
Crest

पाँचौँ चरणमा गत मंसिर २९ गतेदेखि मंसिर ३० गतेसम्म सञ्चालित अनलाइन परीक्षाबाट थप ३५९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। योसँगै अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गर्नेको संख्या १ हजार ८५ पुगेको छ। यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना, तेस्रो चरणमा ११६ जना र चौथो चरणमा २१५ जना गरी ७२६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका थिए।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्थाबमोजिम बीमा मध्यस्थकर्ता (अभिकर्ता)को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS