IME Life New

१९ मध्ये दर्जन जीवन बीमा कम्पनीको दावी भुक्तानी बाँकी, छ कम्पनीको शून्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । संचालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीहरुले मध्ये एक दर्जन बीमा कम्पनीको दावी भुक्तानी गर्न बाँकी रहेको छ । १२ वटा जीवन बीमा कम्पनीहरुको २ अर्ब ३५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको छ भने आधा दर्जन जीवन बीमा कम्पनीको दावी भुक्तानी शून्य रहेको देखिएको छ ।

चालु आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको दावी भुक्तानी रकममा सुधार देखिएको छ । १९ वटा जीवन बीमा कम्पनीमध्ये ६ वटा जीवन बीमा कम्पनीहरुले बीमा वापतको दाबी रकम भुक्तानी गरिसकेका छन् ।

Esewa
Crest

दाबी भुक्तानी गरिसकेका कम्पनीहरु
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सात वटा जीवन बीमा कम्पनीहरुले शतप्रतिशत बीमा दाबी रकम भुक्तानी गरिसकेको अवस्था छ । यस अवधिसम्ममा बीमा दाबी भुक्तानी गरिसकेका कम्पनीहरुमा यूनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ, रिलायबल लाइफ र प्रभु लाइफ रहेका छन् ।

सबैभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनी
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै दाबी भुक्तानी हुन बाँकी रहेको छ । नेपाल लाइफको एक अर्ब ३० करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीको एक अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम घटाएको छ ।

सबैभन्दा थोरै दाबी भुक्तानी हुन बाँकी कम्पनी
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा दाबी रकम भुक्तानी हुन बाँकी रहेका कम्पनीहरुमध्ये सबैभन्दा थोरै दाबी भुक्तानी गर्न बाँकी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको ३३ हजार रुपैयाँ मात्र दाबी भुक्तानी हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले सबै दाबी भुक्तानी गरिसकेको थियो ।
१९ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानले भने भुक्तानी हुन बाँकी दाबी रकम प्रथम त्रैमासको वित्तीय विवरणमा उल्लेख गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS