IME Life New

१९ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ७ अर्ब २६ करोड (तथ्याङ्क सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमीशन मार्फत ७ अर्ब २६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएका छन् । बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्मा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमीशनमा खर्चिएको छ । कम्पनीले पुस मसान्तसम्ममा दुई अर्ब १८ करोड रुपैयाँ अभिकर्ता कमीशनमार्फत खर्चिएको छ ।

दोस्रो लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले चैत मसान्तसम्ममा १ अर्ब ८ करोड रुपैयाँ बीमा अभिकर्तामा खर्चिएको छ । तेस्रोमा युनियन लाइफ इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता तेस्रो त्रैमासको अवधिसम्ममा ६१ करोड ५२ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ।

Esewa
Crest

त्यस्तै, नेशनल लाइफले तेस्रो त्रैमाससम्ममा अभिकर्ता कमीशन मार्फत ५८ करोड रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, मेट लाइफले ३४ करोड रुपैयाँ र प्राइम लाइफले २३ करोड रुपैयाँ, सूर्या लाइफले २२ करोड रुपैयाँ सिटिजन लाइफले २१ करोड रुपैयाँ, रिलायबल लाइफले १९ करोड रुपैयाँ र ज्योति लाइफले १८ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यसैगरी, गुराँस लाइफले १६ करोड रुपैयाँ, आइएमई लाइफले १६ करोड रुपैयाँ, रिलायन्स लाइफले १५ करोड रुपैयाँ, सन नेपाल लाइफले १५ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले १३ करोड रुपैयाँ, सानिमा लाइफले ११ करोड, प्रभु लाइफले ९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमा खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS