IME Life New

१८ वटा जीवन बीमा कम्पनीले संकलन गरे साढे ७० अर्ब कूल बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनीहरुमध्ये बीमा शुल्क आर्जनमा नेपाल लाईफ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक बर्ष २०७५/७६ को चौथौ त्रैमास अवधिसम्मा सम्मममा १८ वटा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ५८ करोड ९१लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १९ जीवन बीमा कम्पनीहरुकोमध्ये एक जीवन बीमा कम्पनीले  वित्तीय विवरण सार्बजनिक गरेको छैन । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान बाहेक सबै जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्मको वित्तीय विवरण सार्बजनिक गरिसकेका छन् ।

Esewa
Crest
रकम रु हजारमा

१८ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कूल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमाससम्ममा २३ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

दोस्रोमा भने लाइफ इन्स्योरेन्स कर्पोशन नेपालल रहेको छ । कम्पनीले असारमसान्तसम्मा १३ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रोमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ८ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्ज गर्न सफल भएको छ ।

मेट लाइफ इन्स्योरेन्सको ४ अर्ब २२ करोड रुपैयाँ, एसियन लाइफको ४ अर्ब २१ करोड रुपैयाँ, यूनियन लाइफ इन्स्योरेन्सको ३ अर्ब ६ करोड रुपैयाँ, प्राईम लाइफको २ अर्ब ९५ करोड रुपैयाँ, सूर्या लाईफले २ अर्ब ५५ करोड रुपैयाँ, गुराँस लाइफको १ अर्ब ९२ करोड, रिलायबल लाईफको १ अर्ब ३८ करोड, सिटिजन लाईफको १ अर्ब १६ करोड रुपैयाँ र ज्योति लाईफले १ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

करोडमा बीमाशूल्क आर्जन गर्ने कम्पनीहरु :

आईएमई लाईफ इन्स्यारेन्स कम्पनीले ९१ करोड ५० लाख रुपैयाँ, सन नेपाल लाइफले ८२ करोड ७५ लाख रुपैयाँ, रिलायन्स लाइफले ७५ करोड १५ लाख रुपैयाँ, सानिमा लाईफले ५२ करोड रुपैयाँ, प्रभु लाईफले २५ करोड ३५ करोड र जीवन बीमा कम्पनीहरुमध्ये कान्छो कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा २५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS