IME Life New

१८ अर्ब पुँजि पुर्याउने घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा साधारणसभा आह्वान, बुक क्लोज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो अधिकृत पुँजि १८ अर्ब पुर्याउने घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बार्षिक साधारणसभा आगामी माघ ८ गते हुने भएको छ । बैकले सूचनामार्फत आगामी साधारणसभाको मिति तय गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते, बिहीबार बिहान १० बजे बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । भौतिक रुपमा डिजिटल माध्यमबाट उपस्थित हुन सकिने साधारणसभाले दुई जना सञ्चालक समेत निर्वाचित गर्नेछ ।

Esewa
Crest

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा आर्जित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजिको १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । यसका साथै, बैंकको प्रबन्ध पत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

बैंकले पुस २२ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका बुकक्लोज गर्ने निर्णइ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS