IME Life New

१६ कम्पनीले जीवन बीमालेख सम्बन्धि विस्तृत विवरण बुझाएनन्, बीमा समितिले गर्यो ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुसँग वर्षभरमा बिक्री भएका बीमालेख सम्बन्धी विस्तृत तथ्यांक माग गरेको छ ।
जीवन बीमालेख निर्देशिका २०७८ को दफा १६ बमोजिम बीमा समितिबाट स्वीकृत भएर प्रचलनमा ल्याएको बीमालेख आर्थिक वर्षभरमा भएको कारोबार सम्बन्धी विस्तृत विवरण नबुझाए पछि समितिले १९ मध्ये १६ वटा जीवन बीमा कम्पनीलाई पत्र जारी गर्दै विवरण माग गरेको हो । दफा १६ बमोजिम अनुसूची ८ मा उल्लेख भएको ढाँचामा विवरण पेश गर्न निर्देशन दिइएको छ ।

Esewa
Crest

जीवन बीमालेख सम्बन्धी निर्देशिकामा जीवन बीमालेखको प्रचलित नाम, प्राविधिक नाम, स्वीकृत मिति, जारी बीमालेख संख्या, बीमित संख्या, संकलित बीमाशुल्क, कमिशन, व्यवस्थापन र अन्य खर्च सम्बन्धी विवरण उल्लेख गर्नुपर्नेछ । यसबाहेक भुक्तानी फछ्र्यौट गरिएको दाबी र फछ्र्यौट हुन बाँकी दाबी संख्या र रकम समेत ढाँचामा उल्लेख गर्नुपर्ने प्रावधान छ ।

यसअघि समितिले यस्तो विवरण जीवन बीमकको वित्तीय प्रतिवेदन स्वीकृतिको समयमा मात्र प्राप्त गर्दै आएको थियो । जीवन बीमा कम्पनीको वित्तीय प्रतिवेदन ढिलो गरी तयार हुने भएकाले समितिसँग अध्यावधिक तथ्यांक उपलब्ध हुँदैनथियो । त्यसैले निर्देशिकामार्फत् समितिले जीवन बीमा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र अनिवार्यरुपमा पेश गर्नुपर्ने प्रावधान लागू गरेको हो । एक महिनाभित्रै पेश गर्नुपर्ने भएपनि अधिकांश जीवन बीमा कम्पनीले पेश नगरेपछि समितिले पहिलो पटकको लागी पत्रमार्फत् ध्यानाकर्षण गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS