IME Life New

१५.७७% ले बढ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या, कारोबारमा पनि उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १५ प्रतिशत बढीले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३२ लाख १६ हजार ३८३ पुगेको छ। अघिल्लो वर्ष पुससम्म यो संख्या २ करोड ५३ हजार ४२० थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ वर्षको अवधिमा १५.७७ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो वर्षको पुससम्म मोबाइल बैंकिङबाट २ खर्ब ८२ अर्ब २४ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६८.१९ प्रतिशतले बढेको छ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ३.७९ प्रतिशतले बढेर यो वर्षको पुससम्म १८ लाख २५ हजार ९२ मा पुगेको छ। अघिल्लो वर्ष पुससम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६८ हजार ९३२ थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS