IME Life New

११ महिनामा झण्डै एक खर्बको बीमा शुल्क कारोबार, लकडाउनमै पनि बीमा कारोबार बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनकै समयमा नेपालका जीवन बीमा र निर्जिवन बीमा व्यवसाय कम्पनीहरुले छलाङ् मार्ने गरी व्यवसाय अघि बढाएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ अनुसार १९ वटा जीवन बीमा र २० वटा निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्म्मा झण्डै एक खर्ब अर्थात ९२ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

१९ वटा जीवन बीमा कम्पनीहरुहरुले ६९ अर्ब ८० रुपैयाँ र २० वटा निर्जिवन बीमा कम्पनीहरुले २२ अर्ब ३७ रुपैयाँभन्दा बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा समितिले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बीमा कम्पनीहरुमा बीमा शुल्क बढ्ने क्रम बढेको जनाएका छन् । चैत र बैशाख महिनाको तथ्याङ्कको तुलनामा जेठ महिनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन बढेको देखिएको छ ।

Crest

जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफको अग्रता

जीवन बीमा कम्पनीहरुहरुले जेठ मसान्तसम्ममा ६९ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएको छ । समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले जेठ मसान्तसम्ममा २० अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले जेठ मसान्तसम्ममा १० अर्ब ७२करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेशनल लाइफले ६ अर्ब २३ करोड रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जेठ मसान्तसम्ममा ६ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार युनियन लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ६० करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ३७ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ र रिलायबल लाइफले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले १ अर्ब ३६ करोड रुपैयाँ,सिटिजन लाइफले १ अर्ब ३२ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ४ करोड रुपैयाँ, आईएमई लाइफले ९८ करोड रुपैयाँ, सन नेपाल लाइफले ९१ करोड रुपैयाँ, सानिमा लाइफले ६६ करोड रुपैयाँ, प्रभु लाइफले ५८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स अघि

निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा २२ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा दुई अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा एक अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा एक अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ७५ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ५१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ४५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९८ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ७२ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७० करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५८ करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS