IME Life New

वर्ष दिनमा शेयरधनीले नेपालको बीमा कम्पनीमा थपे रू ११ अर्ब भन्दा बढी पूँजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शकाठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले वित्तीय सबलीकरणका लागि पूँजी वृद्धिलाई प्राथमिकतामा पारेपछि एक वर्षको अवधिमै  चुक्ता पूँजीवापत साढे ११ अर्ब रूपैयाँ थपिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, जीवन र निर्जीवन बीमक समेतका शेयरधनीले बोनश शेयर र हकप्रद शेयरमार्फत कुल ११ अर्ब ५६ करोड रूपैयाँ थपेका हुन् । यो मध्ये जीवन बीमकको शेयरधनीले रू. १० अर्ब १ करोड र निर्जीवन बीमकको शेयरधनीले रू. १ अर्ब ५५ करोड थप पूँजी लगानी गरेका हुन् । यो रकम शेयरको अंकित मूल्यका आधारमा गणना गरिएको हो।

Esewa
Crest

चुक्ता पूँजीको वृद्धि दर र रकम दुबैको आधारमा जीवन बीमकका लगानीकर्ता अघि देखिएका छन् । आकार निर्जीवन बीमकको  तुलनामा जीवन बीमकको दोब्बर भएकाले यस्तो देखिएको हो।

नेपाल बीमा प्राधिकरणले जीवन बीमकको लागी रू ५ अर्ब, निर्जीवन बीमकको लागि रू २.५० अर्ब, लघु बीमकको लागि रू ७५ करोड न्यूनत्तम चुक्ता पूँजी कायम गरेको छ।

प्राधिकरणका अनुसार, अघिल्लो आ. व. २०८०।८१ मा जीवन बीमकको चुक्ता पूँजी रू. ६० अर्ब ८ करोड रहेकोमा गत आ. व. मा १६.६६ प्रतिशत वृद्धि भएर रू. ७० अर्ब ९ करोड रूपैयाँ पुगेको छ। यो अवधिमा निर्जीवन बीमकको चुक्ता पूँजी रू. २७ अर्ब ८० करोडबाट ५.५८ प्रतिशत वृद्धि भएर रू. २९ अर्ब ३५ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS