IME Life New

११ महिनामा कुन जीवन बीमा कम्पनी नयाँ व्यापार ल्याउनमा तगडा ? (इन्फोग्राफ सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपालमा संचालित १९ जीवन बीमा कम्पनी मध्ये चालु आवको ११ महिनाको अवधिसम्म नयाँ व्यापार (प्रथम बीमा शुल्क आर्जन ) मा नेपाल लाइफ इन्स्योरेन्स अघि देखिएको  छ । समितिले प्रदान गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात श्रावण देखि जेष्ठ महिनासम्म नेपाल लाइफले ५ अर्ब ७१ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । नयाँ ग्राहकबाट पहिलो पटक लगिएको बीमा शुल्क नै प्रथम बीमा शुल्क हो । प्रथम बीमा शुल्क पश्चात ग्राहकले सो बीमा गरे बापत भविष्यमा आफ्नो बीमाको बीमा शुल्क तिर्ने भएकाले पनि प्रथम बीमा शुल्कलाई जीवन बीमा व्यवसायलाई निकै महत्व का साथ् हेरिन्छ । ११ महिनाको अवधिमा नेपाली जीवन बीमा व्यवसायले भने ३३ अर्ब ८५ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै नेशनल लाइफ ३ अर्ब ७३ करोड प्रथम बीमा शुल्क सहित दोश्रो स्थानमा छ । त्यस्तै नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स २ अर्ब ३७ करोड प्रथम बीमा शुल्क आर्जन सहित तेश्रो स्थानमा छ । यो अवधिमा सबै भन्दा कम प्रथम बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले ११ महिनाको अवधिमा ५७ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS