IME Life New

११ जीवन बीमा कम्पनीको एक्चुरिअल भ्यालुएसन स्वीकृत, ५ वटाले अझै तयार पार्न सकेनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ११ जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को एक्चुरिअल भ्यालुएसन स्वीकृत गरेको छ । यस बाहेक तीन कम्पनीले स्वीकृतका लागि पेश गरेका छन् भने बाँकी ५ कम्पनीहरुले मूल्याङ्कन नै गर्न सकिरहेका छैनन् ।

बीमा समितिका अनुसार रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, मेट लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफको एक्चुरिअल भ्यालुएसन स्वीकृत भएको छ । स्वीकृतिका लागि निवेदन दिएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भने स्वीकृत हुन बाँकी छ । बाँकी ५ कम्पनीहरुले भने बीमा समितिमा निवेदन नै पेश गरेका छैनन् ।

Esewa
Crest

आर्थिक वर्ष सकिएको डेड वर्ष सकिन लाग्दा पनि बीमा कम्पनीहरुले साधारणसभा गर्न सकिरहेका छैनन् । हालसम्म प्राइफ लाइफले मात्रै साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर १९ गते साधारणसभा सम्पन्न गरेको थियो । त्यस्तै रिलायन्स लाइफले पुस ११ गते साधारणसभा गर्दैछ भने सूर्याले पुस १९ गते तय गरेको छ । लाभांश घोषणा गरेका एशियन लाइफ र ज्योति लाइफले मिति तय गरेका छैनन् ।

एक्चुरियल मूल्याङ्कन स्वीकृत भएका अधिकाम्सले बोनश दर पनि सार्वजनिक गरिसकेका छन् । बीमितले पाउने बोनश दरका लागि साधारणसभाबाट स्वीकृत भइरहनु पर्दैन । यो बीमा एक्चुरियल मूल्याङ्कन स्वीकृत तलत्तै निर्धारण हुन्छ ।

एक्चुरियल मूल्याङ्कन पेश नगरेका बीमा कम्पनीलाई समितिले पत्र पठाइसकेको छ । समितिले पत्र पठाउदा सबैले काम भइरहेको र छिट्टै पेश गर्ने जानकारी गराएका छन् । बीमा कम्पनीहरुले एक्चुअरीको अभावको बहाना देखाउदै मूल्याङ्कन पेश गर्न ढिलाइ गर्दै आइरहेका छन् । सुरुमा मूल्याङ्कन पठाउदा अन्य कम्पनीले त्यो भन्दा बढाएर सार्वजनिक गर्ने र बीमितलाई आकर्षित गर्न पोलिसी बोनश दरमा सामान्य बृद्धि गर्ने अस्वस्थ प्रतिस्पर्धाले पनि कम्पनीहरुले मूल्याङ्कन पेश गर्नमा ढिलाइ गर्दै आइरहेका छन् ।

बीमा कम्पनीहरुका लागि बीमितको पोलिसी बोनश दर सबैभन्दा महत्वपुर्ण हुन्छ । उनिहरुले यहि आधारमा आफ्नो प्रचार गरिरहेका हुन्छन् । तर आफ्नो प्रतिस्पर्धी कम्पनीले आफ्नो भन्दा धेरै दर सार्वजनिक गर्यो भने व्यवसायमै असर पुर्याउने भन्दै उनिहरुले ढिलाइ गर्ने सम्मका हर्कत बजारमा देखिदै आएको छ ।

मूल्याङ्कन स्वीकृतका लागि समितिमा पेश गरेको कयौ समय स्वीकृत नहुने गरेको कम्पनीहरुको गुनासो छ । एक्चुरीको अभावका कारण मूल्याङ्कनमै ढिला हुन्छ त्यसमा पनि बीमा समितिले आफ्नो एक्चुरीबाट मूल्याङ्कन गराएर ल्याउदा धेरै ढिलो हुने गरेको उनिहरुको गुनासो छ ।

बीमा कम्पनीहरुले पेश गरेको एक्चुरियल मूल्याङ्कनमै धेरै त्रुटी भटिने र उक्त त्रुटी सच्याउने क्रममा लामो समय लाग्ने गरेको समितिको भनाइ छ । राम्रो सँग मूल्याङ्कन गरेर पेश गर्नेहरुको एक हप्ताकै अवधिमा स्वीकृत हुने गरेको छ । कम्पनीहरुले जान अन्जानमा गरेको गल्ती हेर्नै पर्ने भएकाले देखिएका गल्ती सच्याउने क्रममा समय लाग्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS