IME Life New

१० महिनामा १२.६%ले बढ्यो शेयर लोन, माथिल्लो सीमाको कर्जा रकमको माग धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय शेयर धितो कर्जाको माग बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो। हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ। यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो।

Esewa
Crest

राष्ट्र बैंक लचिलो बन्दै जानुले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको १० महिना फागुनसम्म शेयर धितोमा ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन असार मसान्तसम्मको तुलनामा १२.६ प्रतिशतले बढी हो। असार मसान्तमा शेयर धितो कर्जा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ थियो।

राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा १८.१ प्रतिशतले बढेको छ। वैशाखसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५२ अर्ब ८१ करोड ४६ रुपैयाँ पुगेको छ। असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।

यसैगरी वैशाखसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा ११ अर्ब ७७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।

यो १० महिनामा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १०.१ प्रतिशतले बढेर १४ अर्ब ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा ३.७ प्रतिशतले बढेको छ। यो १० महिनामा यो रेन्जको कर्जा ७ अर्ब २९ करोड ५० लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS