IME Life New

हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ६० करोडको बजेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ । आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रू ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट रू ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षक अन्तर्गत अनुदानबाट रू तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रू एक अर्ब १४ करोड ५० लाखबाट ब्यहोरिने जानकारी दिए । उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरे ।

Esewa
Crest

उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षमा  तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म रू एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान सङ्कलन भएको जानकारी दिए । उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ रू एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा एक अर्ब सात करोड ६६ लाख ७० हजार खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS