IME Life New

हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ कम्पनीले दिएपछि नेप्सेले अब यस्तो गल्ति नगर्नको लागि सचेत गराउदै कारोबार फुकुवा गरेको हो ।

कम्पनीले स्पष्टिकरणमा कारोबार समयमा कम्पनीको संचालक समितिको बैठक बस्नु कमजोरी भएको र आगामी दिनमा त्यसो नगर्ने भन्दै क्षमायाचना गरेको छ । त्यस्तै बुक क्लोजको मिति उल्लेख गर्दा लेखाईमा त्रुटी हुन गएको कम्पनीले जनाएको छ । नेप्सेले कम्पनीलाई पुनः नियम अनुसार हुने गरि बुक क्लोज मिति तोक्न निर्देशन दिएको छ ।

Esewa
Crest

कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर हकप्रदबारे निर्णय गरेको, नेप्सेलाई उक्त निर्णय समय मै जानकारी नगराएको र साधारणसभाको लागि तोकिएको बुक क्लोज मिति नियम अनुसार नभएको पाईएपछि नेप्सेले स्पष्टिकरण सोधेको थियो। कम्पनीले साउन १३ गते ११ बजे संचालक समितिको बैठक राखेर ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले नेप्सेलाई त्यसको जानकारी  दिउँसो २ः५२ बजे मात्र जानकारी गराएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संबेदनशिल सूचना तथा जानकारी सर्बसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS