IME Life New

हिमालयन ८०-२० मा लगानीकर्ताको आकर्षण बढ्दो, बिक्यो ९४% इकाई

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०–२० को इकाईमा ४४ हजार बढीले आवेदन दिएका छन् । यसको इकाईमा लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । उक्त फण्डको ९४ प्रतिशत इकाई बिकेको छ भने अब ६ प्रतिशत मात्रै बिक्न बाँकी रहेको छ । उक्त इकाईमा भोलि भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा आज बिहान १० बजेसम्म ४४ हजार ३८७ हजार जनाले ८ लाख ४ लाख २ हजार १३० कित्ताको लागि आवेदन दिएका हुन् । उक्त वापत ८० करोड ४० लाख २१ हजार ३ सय रुपैयाँ संकलन भएको छ ।

Crest

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबद्र्क हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

क्यापिटलले उक्त इकाई साउन ३२ गतेबाट विक्रीमा ल्याएको हो ।  उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने जनाएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS