IME Life New

हिमालयन लघुवित्त वित्तीय संस्थाले कर्मचारीलाई दियो तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम प्रदान गरेको छ । संस्थाले मंसिर २४ देखि ३० गतेसम्म एएमएल, सीएफटी, Client Protection and Program Management तथा अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाईMonitoring, Supervision and Recovery सम्वन्धी तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए । उनले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केहि समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बावजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरीमानि आफ्नो सेवाहरु उच्च मनोवलकासाथ निरन्तररुपमा प्रदान गर्दै बताए ।

Esewa
Crest

कर्मचारीहरुलाई कार्यसम्पादन गर्न निर्देशन दिंदै उनले ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुबीच तिवप्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा नीति नियम पूर्वक जिम्मेवारी र गुणस्तर सहितको व्यवसाय गर्दै आएको बताए ।

संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकता अनुसार तालिमहरु प्रदान गर्दै जाने योजना रहेको उनले जानकारी दिए । ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. ९४ करोड बचत संकलन गरी रु. ४ अर्ब ४१ करोड लगानी रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS