IME Life New

हिमालयन लघुवित्तको वार्षिक साधारणसभाबाट वित्तीय विवरण स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

काठमाडौंमा सम्पन्न भएकोे साधारणसभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए। सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरु पारित गरेको छ।

Esewa
Crest

सभामा वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहे पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनी महानुभावहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे। उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी महानुभावहरु र नियामक निकायहरुको साथ र सहयोगको अपेक्षासहित उपस्थित सबैप्रति आभार व्यक्त गर्दै साधारणसभा सफलता पूर्वक सम्पन्न गर्नका लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवादसमेत प्रकट गरे।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयमार्फत ७६ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS