IME Life New

हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७३.८७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४६ प्रतिशत बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा यस अवधिमा ४.९१ प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ। लघुवित्तको सञ्चालन मुनाफा ७३.७२ प्रतिशतले बढेको देखिएको छ।

Esewa
Crest

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा लघुवित्तले ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिमा लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५२।५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.४६ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS