IME Life New

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको मर्जर हुने चर्चाले फेरी नेपाली बजार तताएको छ। यसै कारणले गर्दा बजारमा धेरै मूल्य भएको हिमालयन बैंकको शेयर मूल्य मंगलबार घटेको थियो भने कम मूल्य भएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य करिव ७ प्रतिशतले वृद्धि भएको थियो । पारिवारिक कारणले गर्दा दुई बैंकको मिलन हुन सजिलै हुने जानकार बताँउछन। दुई बैंकले नयाँ वाणिज्य बैंक संग प्रतिष्पर्धा गर्न नसकेको अवस्थामा दुई बैंकको मर्जरलाई धेरैले सहज रुपमा लिएका छन् । दुई बैंक बीच इन्स्योरेन्स खबरले आर्थिक वर्ष ७७/७८ को प्रथम त्रैमासको आधारमा गरेको तुलनात्मक अध्ययन:

Esewa
Crest

चुक्ता पुँजीको  आधारमा : नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको छ।

संचीत मुनाफाको आधारमा : नेपाल इन्भेष्टमेण्ट बैंकको संचित मुनाफा १ अर्ब ८२ करोड रहेको छ भने हिमालयन बैंकको संचित मुनाफा २ अर्ब ५० करोड रहेको छ।

जगेडा कोषको आधारमा : नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा कोषमा १२ अर्ब ०१ करोड रहेको छ भने हिमालयन बैंकको संचित मुनाफा ६ अर्ब ७ करोड रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ।

खुद व्याज आम्दानीको आधारमा :नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ६३ करोड खुद व्याज आम्दानी गरेकोमा हिमालयन बैंकले ९३ करोड ८९ लाख खुद व्याज आम्दनी गरेको छ।

खुद मुनाफा : नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६२ करोड ३८ लाख खुद नाफा गरेकोमा हिमालयन बैंकले ३६ करोड ५९ लाख  खुद नाफा गरेको छ।

किताबी मूल्य : नेपाल इन्भेष्टमेण्ट बैंकको किताबी मूल्य १९७ रुपैयाँ छ भने हिमालायन बैंकको किताबी मूल्य १९१ रुपैयाँ छ।

वार्षिक प्रति शेयर आम्दानी : नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक प्रति शेयर आम्दानी १७ रुपैयाँ ५१ पैसा छ भने हिमालायन बैंकको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा छ ।

बजार मूल्य : मंसिर ३० गतेको बजार मूल्य अनुसार नेपाल इन्भेष्टमेण्ट बैंकको बजार मूल्य ५३१ रुपैयाँ रहकोमा हिमालयन बैंकको बजार मूल्य ६५६ रुपैयाँ रहेको छ।

वितरण योग्य मुनाफा : चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म नेपाल इन्भेष्टमेण्ट बैंकको वितरणयोग्य मुनाफा २० करोड ५० लाख रहेकोमा हिमालयन बैंकको वितरणयोग्य मुनाफा ६२ लाख ६२ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS