IME Life New

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २३ र २४ गते सम्पन्न भएको छ । स्टेबल फोर्ड ३ः४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी. हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार हात पार्न सफल भए।

त्यसैगरी महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन्। सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंकसहित जित्न सफल भए । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भए ।

Esewa
Crest

त्यस्तै, पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ बिजयी हुन सफल हुँदा महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भइन्। यसैगरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जिते भने जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते।

बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो। पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत संचालक विजयबहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS