IME Life New

हिमालयन बैंकको सवा १३ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको सवा १३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको समयपछि इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानुन तथा शेयर विभागमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS