IME Life New

हिमालयन बैंकको बुक क्लोज मिति परिवर्तन, कहिलेसम्म कायमले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडको पुस ३० गते हुन लागेको २९औं वार्षिक साधारण सभाको बुक क्लोजको मिति परिवर्तन भएको छ ।कम्पनीले पुस ११ गते प्रकाशन गरेको साधारण सभाको सूचनामा बुक क्लोजको मिति पुस ११ गतेदेखि पुस ३० गतेसम्म रहेको थियो । बैंकले पुस १२ गते पुनः एक सूचना प्रकाशित गर्दै उक्त मिति सच्याएर पुस १९ गते (एक दिन) बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

Esewa
Crest

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, स्वाप रेशियो १स्१ को अनुपातमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर गर्न स्विीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS