IME Life New

हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। संस्थापक शेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक हुन सक्ने बैंकले स्पष्ट पारेको छ।

तोकिएको अवधिभत्रि संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS