IME Life New

हिमालयन उर्जाले डाक्यो एजिएम, हकप्रद निष्काशन सहित यस्ता छन् १० एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले जेठ ९ गते २२औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको बैशाख १६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा थापागाउँ स्थित अर्पण ब्याक्वेटमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा आर्थिक वर्ष आर्थिक वर्ष २०७८ /०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षण गर्नको लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने , सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागी सर्वसाधारण तर्फको सञ्चालक पदमा नियुक्त गरिएकोले सोको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको गठन र संख्या सम्बन्धमा , कम्पनीको अधिकृत पुँजी बृद्धि गरी दुई अर्व पचास करोड रुपैयाँ पुऱ्याउने, कम्पनीको जारी पुँजी बृद्धि गरी दुई अर्व पचास करोड रुपैयाँ पुऱ्याउने प्रस्ताव सभाले पारित गर्नेछ ।

सभाले कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने, हकप्रद शेयर निश्कासन पछि प्राप्त हुने पुँजी व्यवस्थापन गर्ने, कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयारी दिने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

1682825040664

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS