IME Life New

हिमालयन उर्जाको १४ लाख ८५ कित्ता हजार आईपीओ चैत २० मा खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


हिमालय उर्जा विकास कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण (आईपीओ) सेयर बिक्री गर्ने भएको छ ।कम्पनीले सर्वसाधरणलाई चैत २० गते देखि आईपीओ बिक्रि गर्ने भएको छ ।

जसमध्ये ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याएको छ भने बाँकी रहेको सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

Esewa
Crest

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार पाँच सय कित्तासम्म आवेदन दिन सकिने जनाएको छ । उक्त सेयरमा चैत २५ गतेसम्म आवेदन दिन सकिने छ । त्यो समयमा सेयर नबिकेको खण्डमा वैशाख १९ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो ।

। हिमालयन उर्जाको पुस मसान्तसम्म प्रतिसेयर नेटवर्थ ९८.४९ रुपैयाँ रहको छ । आर्थिक वर्ष २०७६।७७ मा प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४३ पैसा पुग्ने प्रक्षेपण रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म सञ्चित नोक्सान २ करोड १ लाख रुपैयाँ पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS