IME Life New

हिन्डनबर्गको निसानामा सेबी अध्यक्ष, गर्यो यस्तो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी रिसर्च संस्था हिन्डनबर्गले आफ्नो नयाँ रिपोर्टमा भारतीय शेयर बजार नियामक सेबी प्रमुखलाई निसाना बनाएको छ।

हिन्डनबर्ग रिपोर्टमा सेबी अध्यक्ष माधबी पुरी बुच र उनका पति धवल बुचको अडानी मनी साइफनिङ घाटालामा उपयोग गरिएको अफशोर फन्डमा हिस्सेदारी रहेको खुला गरेको हो। हिन्डनबर्ग रिपोर्ट आएपछि बुच दम्पतीले आफ्नो बचावमा विज्ञप्ति जारी गरेका छन्।

Esewa
Crest

‘हामीमाथि लागेको आरोप निराधार रहेको र त्यसको हामी खण्डन गर्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जिन्दगी र वित्तीय लेखाजोखा खुला किताबजस्तै छ। सेबीलाई हाम्रा सम्पत्तिका बारेमा आवश्यक जानकारी दिइसकेका छौँ।’

आफूहरुले कुनै पनि वित्तीय जानकारी दिन तयार रहेको बुच दम्पतीले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्। ‘हामी आमनागरिक भएको अवस्थाको समेत वित्तीय जानकारी दिन तयार छौँ’, विज्ञप्तिमा भनिएको छ। यो घटनाको थप पारदर्शी बनाउन उचित समयमा बयान जारी गर्नेछौँं।’

यसअघिको हिन्डनबर्ग रिसर्चविरुद्ध सेबीले कारबाही प्रक्रिया अगाडि बढाउँदै कारण देखाउन आदेश जारी गरेको थियो। सोही कारणले हिन्डबर्गले आफूहरुलाई बदनाम गराउने प्रपञ्च रचेको विज्ञप्तिमा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS