IME Life New

हिडेरै ओम अस्पताल पुगेकी गुरुङको निधन, आक्रोसित आफन्तद्वारा प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पटक–पटक विवादमा पर्दै आएको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा आज अर्को विवादित घटना भएको छ । हिडेर अस्पताल पुगेकी एक महिलाको उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तहरुले चर्को विरोध गरेका छन् ।

पत्थरीको अप्रेशन गर्न पुगेकी धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो ।

Esewa
Crest

उपचारको क्रममा गुरुङको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विरोध जनाएका छन् । गुरुङ शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी थिईन । शनिबार पत्थरी निकाल्न उनको अपरेशन गरिएको थियो । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएकोमा राति नै मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आक्रोस व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS