IME Life New

हाेण्डा माेटर्सले पनि इलेक्ट्रिक स्कुटर ल्याउँदै,के के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । जापानी माेटरसाइकल उत्पादक कम्पनी होण्डाले भारतीय बजारमा आगामी वर्ष विद्युतीय माेटरसाइकल उत्पादन सार्वजनिक गर्ने भएकाे छ। प्रतिस्पर्धी माेटरसाइकल उत्पादक भारतीय कम्पनी हिराे माेटर्सले विद्युतीय स्कुटर सार्वजनिक गरेकाे छ महिना पछि हाेण्डा माेटर्स इण्डियाले पनि विद्युतीय स्कुटर उत्पादनकाे घाेषणा गरेकाे हाे ।

हाेण्डा माेटर्स इण्डियाले आफ्नो विद्युतीय माेटरसाइकल उत्पादनका लागी तीब्र गतिमा तयारी भइरहेकाे घाेषणा गरेकाे छ । आकर्षक बनावट, माेबाइल चार्जर, अधिक तेज बत्ती, तीब्र गतिमा आरामदायी यात्रा गर्न सकिने र फेर्न मिल्ने ब्याट्रीकाे साथमा विभिन्न प्रकारका बिजुलीका दुई पाङ्ग्रे सवारी साधन आगामी वर्षसम्ममा बजारमा ल्याउने गत बुधबार औपचारिक घाेषणा गरेकाे हाे ।

Esewa
Crest

विद्युतीय माेटरसाइकल उत्पादनका लागी दक्षिण भारतीय कर्णाटक राज्यकाे नरसापुरा प्लान्टलाई पूर्णरुपमा समर्पित गरिएकाे हाेण्डा इण्डियाले प्रेस विज्ञप्तीमार्फत् घाेषणा गरेकाे छ। साथै देशभर ६ हजार वटा माेटरसाइकल ब्याट्री चार्ज स्टेशन समेत स्थापना गर्ने घाेषणा गरेकाे छ। सन् २०३० सम्ममा वार्षिक १० लाख विद्युतीय माेटरसाइकल उत्पादन गर्ने लक्ष्य रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS