IME Life New

हालसम्म दुइटा मात्रै वाणिज्य बैंकको प्रतिफल घोषणा, अरु कुन-कुनको लाभांश क्षमता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये दुइटाले मात्रै आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेका छन्।

एभरेष्ट बैंक र सिटिजन्स बैंकले मात्रै लाभांश घोषणा गरेका हुन् भने अन्य १७ वटाले घोषणा गर्न बाँकी छ। एभरेष्ट बैंकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यो लाभांश पारित गर्न बैंकको ३० औँ वार्षिक साधारणसभा असोज २० गते डाकिएको छ। बैंकले बुक क्लोज भोलि असोज ८ गते गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ७ गतेसम्म कायम शेयरधनीहरुले एभरेष्ट बैंकको लाभांश पाउनेछन्।

Esewa
Crest

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार भने एभरेष्ट बैंकको सबैभन्दा बढी लाभांश क्षमता रहेको थियो। बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत रहेको थियो।

यसैगरी सिटिजन्स बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन्। बैंकले लाभांश अनुमोदन आगामी वार्षिक साधारणसभामा पेस गर्नेछ। यसका लागि उसले केन्द्रीय बैंकको स्वीकृति लिन बाँकी छ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सिटिजन बैंकको लाभांश क्षमता ४.३४ प्रतिशत थियो। बैंकले सोही हाराहारीमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।

गत आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण केलाउँदा एभरेष्ट र सिटिजन्ससहित १६ वटा वाणिज्य बैंकहरुको मात्रै लाभांश वितरण गर्ने क्षमता देखिएको छ भने ४ बाँड्न नसक्ने देखिएको छ।

दोस्रो धेरै लाभांश क्षमता भएको बैंकमा स्ट्यान्डर्ड चार्टर्ड रहेको छ। यो बैंकले साढे २६ प्रतिशत लाभांश बाँड्ने सक्ने देखिएको छ।

यसैगरी कृषि विकास बैंक तेस्रो स्थानमा रहेको छ। यो सरकारी बैंकले लगानीकर्तालाई १७.३७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।

नबिल बैंकले १४.२६ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.७६ प्रतिशत र सानिमा बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्।

बाँकी १० वटा बैंकले भने सिंगल डिजिटलमा लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्। एनआईसी एसिया, हिमालयन, कुमारी र नेपाल इन्भेस्टमेन्ट बैंकले भने लाभांश दिन सक्ने देखिएको छ।

राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन। यो बैंकको लाभांश क्षमता भने ३.७२ प्रतिशत देखिएको छ।

गत आर्थिक वर्षमा २० वटा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थिए। अघिल्लो वर्ष ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा १३.४० प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

57%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS