IME Life New

हार्वर्डको नामले पनि हुँदैन जागिरको ग्यारेन्टी, अमेरिकामा रोजगारीको संकट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको आर्थिक महाशक्ति अमेरिकाजस्तो विश्वको आर्थिक महाशक्तिमा ठूला संस्थाबाट पढेर पनि प्रतिष्ठित जागिर पाउन अहिले पहिलेभन्दा गाह्रो छ । हार्वर्ड बिजनेस स्कुलजस्ता प्रख्यात संस्थानबाट स्नातक गरेकाहरुले पनि अहिले यो चुनौतीको सामना गरिरहेका छन्।

एचबीएसको तथ्यांकका अनुसार २०२४ ब्याचका २३ प्रतिशत एमबीए स्नातकले जागिर खोजिरहेका छन्। जुन २०२३ को २० प्रतिशत र २०२२ को १० प्रतिशतभन्दा धेरै हो।

Esewa
Crest

अमेरिकामा रोजगारीको संकट

यस समस्याका सम्बन्धमा हार्वर्डको करियर डेभलपमेन्ट विभागले हार्वर्डको नामले अब जागिरको ग्यारेन्टी नदिने जनाएको छ । अहिले कामका लागि सही सीप हुनु महत्त्वपूर्ण छ। यो समस्या हार्वर्डमा मात्र सीमित छैन।

एचबीएस रिपोर्टले स्ट्यानफोर्ड, ह्वार्टन र एनवाईयू स्टर्नजस्ता थप बिजनेस स्कुलको जब प्लेसमेन्ट रेकर्ड पनि कमजोर रहेको देखाएको छ। सिकागो बुथ र नर्थवेस्टर्न केलोगमा बेरोजगार स्नातकको संख्या सन् २०२२ सम्म तीनगुणा बढेको छ।

यो चुनौती अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अझ ठूलो छ। युनिभर्सिटी अफ भर्जिनिया डार्डनबाट स्नातक गरेका एक विद्यार्थीका अनुसार प्रविधिमा करियर बदल्न निकै गाह्रो भएको छ। ती विद्यार्थीले १ हजारभन्दा बढी आवेदन दिएका छन् र धेरै नेटवर्किङ गरेका छन् तर संघर्ष भने जारी नै राखेका छन्।

एमबीए गरेपछि पनि बेरोजगार

भिसा प्रायोजन चाहिने स्नातकहरुका लागि जागिर खोज्न झनै कठिन भएको छ। एमबीएका लागि काम गर्ने प्रवृत्ति पूरै परिवर्तन भएको छ। अन–क्याम्पस रिक्रुटमेन्ट अब कम भएको छ र कम्पनीहरुले स्नातकहरुका लागि नजिक साना, लक्षित भर्ती कार्यक्रममा ध्यान केन्द्रित गरिरहेका छन्।

अहिले अमेजन, गुगल र माइक्रोसफ्टजस्ता टेक कम्पनीले नयाँ भर्तीमा कटौती गरेका छन्। म्याकिन्सेजस्ता परामर्शदाता कम्पनीले पनि एमबीए र स्नातक गरेकाहरुको भर्ती घटाएका छन्। स्थिति सुधार गर्न हार्वर्ड बिजनेस स्कुलले नयाँ एआई टुल सुरु गरेको छ। जसले सीपमा आधारित रोजगार खोज्न र पाठ्यक्रममार्फत सीपको अन्तरलाई भर्न मद्दत गर्दछ।

यसैगरी नेटवर्किङ र प्रभावकारी प्रस्तुतीकरणमार्फत रोजगारदातालाई सीप प्रदान गर्ने चारदिने कक्षा सुरु गरिएको छ। यद्यपि, केही स्नातकहरुका लागि प्रतीक्षा भावनात्मक र आर्थिक रुपमा चुनौतीपूर्ण साबित भइरहेको छ। केही स्नातकहरुले कामका लागि २०२५ सम्म कुर्नुपर्छ र उनीहरुको अपेक्षाभन्दा कम तलबमा काम गर्न बाध्य छन्।

केही स्नातकहरुले सयौँ आवेदन र नेटवर्किङपछि सफलता हासिल गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS