IME Life New

हाई रिटर्नका नाममा भारतीय शेयर बजारमा मौलायो ठगी धन्दा, सेबीले गर्यो अलर्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारलाई पहिलेदेखि नै जोखिमपूर्ण व्यवसाय मानिन्छ। यसमा लगानीकर्ता एकै क्षणमा मनग्य कमाउँछन् र गुमाउँछन्। तर, शेयर बजारमा लगानी गर्नेमा भने अर्कै क्रेज हुन्छ।

यसैको फाइदा उठाउँदै भारतमा साइबर अपराधीले शेयर कारोबारीलाई पनि निसाना बनाएर शेयर बजारको नाममा ठूलो ठगी गर्न थालेका छन्। कसैबाट ६४ लाख त कसैबाट २४ लाख अनि यतिमात्र होइन केहीलाई करोडौँ रुपैयाँ ठगी गरेका छन्।

Esewa
Crest

सामाजिक सञ्जाल ह्वाट्सएप र टेलिग्राममार्फत ठगीको यो जाल देखेर भारतीय शेयर बजार नियामक सेबी पनि चिन्तित बनेको छ। सेबीले हालै लगानीकर्तालाई सचेत पनि गराएको छ।

सामाजिक सञ्जालको प्रयोग गरेर जनताको मेहनतको पैसा ठगी गर्ने एक–दुई दिनमात्र होइन दिनहुँजसो यस्ता घटना सार्वजनिक भइरहेकाले सेबीको चासो पनि बढ्दै गएको छ। सेबीले हालै शेयर कारोबार गर्नेहरुलाई सचेत गराएको थियो। सेबीले लामो समयदेखि शेयर बजारका लगानीकर्तालाई भ्रममा पार्न केही ट्रेडिङ प्लेटफर्मले सेबीमा दर्ता विदेशी पोर्टफोलियो लगानीकर्तालाई सामाजिक सञ्जालमार्फत जनतालाई झुकाएर लगानी गर्न ठग्ने गरेको भन्दै गुनासो आइरहेको जनाएको थियो।

सेबीका अनुसार यी प्लेटफर्महरुले व्यापार खाता बिना व्यापार खरिदमा छुटदेखि उच्च प्रतिफलसम्मको दाबी दिएर मानिसहरुलाई भ्रमित गरिरहेका छन्। यस किसिमको ठगीका लागि मानिसहरुको विश्वास जित्न तिनीहरुले प्रत्यक्ष प्रसारण, ह्वाट्सएप–टेलीग्रामजस्ता माध्यमहरुमार्फत अनलाइन सेमिनार वा ट्रेडिङ कोर्स कार्यक्रमहरु सञ्चालन गर्छन्। सेबीले यस्ता प्लेटफर्महरुबाट टाढै रहनु राम्रो हुने स्पष्ट रुपमा भनेको छ। नियामकले लगानीकर्तालाई सतर्क रहन र ह्वाट्सएप समूह वा टेलिग्राम एपमार्फत पैसाको प्रलोभन दिने व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS