IME Life New

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्टको अवितरित हकप्रद शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी विक्री गर्ने भएको छ । कम्पनीले असोज ७ गतेदेखि उक्त शेयर विक्री गर्न लागेको हो । ईच्छुकले असोज ७ गतेदेखि असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। एचआईडिसीएल ले साउन ४ गतेदेखि बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा माग गरिए जति आवेदन नपरेकाले अहिले लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

एचआईडिसीएलले संस्थापक तर्फ ३ करो ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बढाबढ मार्फत विक्री गर्न लागेको हो ।

Esewa
Crest

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् ।

शेयर लिलामीको लागि बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS