IME Life New

हरिवन नगरपालिकाद्वारा टेलिमेडिसिन सेवाको शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरेको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमायासंगको भिडियो सम्बाद मार्फत गरिएको थियो ।

नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालिद्वारा प्रत्येक महिना १०० भन्दा बढि बिरामीहरुको चेकजाँच गर्दै आएका छन् । यस कार्यक्रम तेश्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आईरहेको छ । यसका साथै बालबालिकाहरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भईसकेको छ । हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिकाहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १२ जना गम्भिर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ ।

Esewa
Crest

यस कार्यक्रम संचालन गर्नका लागि बिशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनालि, डा. ज्योति भट्टराई, डा. अमित झा, सिविन नेपालका तर्फवाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने युवराज बुढाथोकी लगायत सम्बद्ध सवै पक्षलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS