IME Life New

हकप्रद बिक्रीमा निकै आलोचित बनेको एभरेष्ट इन्स्योरेन्सको २६ करोड दाबी भुक्तान हुन बाँकी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्योरेन्स खवर/काठमाडौं: एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधिमा ३ करोड ३ लाख रुपैया भन्दा बढि खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७३ प्रतिशतले वृद्धि हो ।गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

१३ करोड ३६ लाख रुपैया मात्रै चुक्ता पँुजी रहेको छ । बीमा समितिले तोकेको १ अर्ब पूँजी पुर्याउन कम्पनीले पहिलो चरणमा संस्थापकका लागि १०० प्रतिशत हकप्रद निष्कासन गर्ने र त्यसपछि कायम पूँजीमा ३०० प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रिया थालेको छ ।

Crest

एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर पारित, ६०० प्रतिशत हकप्रद खारेज, कसरी पुर्याउँदैछ पूँजी

यस कम्पनीले जगेडा कोषमा १० करोड ४९ लाख रुपैयाँ, बीमा कोष अन्तर्गत १९ करोड १० लाख रुपैयाभन्दा बढि रकम राखेको छ ।

हालसम्म कुल ४२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको यस कम्पनीले पछिल्लो त्रैमासिक अवधिमा ७ करोड ८४ लाख रुपैया भन्दा बढि खुद बीमा शुल्क आर्जन गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै ३५ हजार ५ सय ९६ जारी बीमालेख संख्या रहेको यस कम्पनीको नविकरण गरिएको बीमालेख संख्या भने २ सय १ देखिएको छ ।

पछिल्लो अवधिमा कुल दावी भुक्तानी रकम ७ करोड ६७ लाख रुपैयाँ भन्दा बढि र भुक्तानी हुन बाँकी २६ करोड ३४ लाख रुपैया भन्दा बढि देखिन्छ । तर, कुल दावी भुक्तानी संख्या र भुक्तानी हुन बाँकी संख्या भने क्रमशः १ हजार २ सय १६ र ९ सय १७ रहेको छ ।

भुक्तानी हुन बाँकी दावी, पुनर्बीमा वापत व्यवस्था तथा अन्य दायित्व अनुमानको आधारमा व्यवस्था गरिएको र पुनर्बीमाको हिसाव र सर्भेयरबाट अन्तिम दावी निर्धारणका साथै लेखापरिक्षण पश्चात प्रकाशित त्रैमासिक आँकडामा फरक पर्न सक्ने एभरेष्ट कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैया २७ पैसा, प्रतिशेयर नेटवर्थ ३ सय ७७ रुपैया ५३ पैसा, मुल्य आम्दानी अनुपात ४५ रुपैया ५८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ७ सय ७७ रुपैया २५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS