IME Life

एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर पारित, ६०० प्रतिशत हकप्रद खारेज, कसरी पुर्याउँदैछ पूँजी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २४ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २३ औं वार्षिक साधारणसभाले बोनस सेयर पारित गरेको छ । सभाले आर्थिक वर्ष ०७३/०७४ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर तथा बोनस सेयर बापतको कर प्रयोजनार्थ ६ लाख ३९ हजार ४ सय ७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै कम्पनीको उक्त सभाले बोनस बिक्रीपश्चात कायम हुने पूँजीमा संस्थापकको सेयर हिस्सा ५१ प्रतिशत हुनेगरी सेयरधनीहरूलाई १ बराबर १.०५ को अनुपातमा संस्थापक हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । साथै तत्पश्चात कायम हुने सम्पूर्ण सेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित सभाले अनुमोदन गरेको छ ।

Meta Holidays
Crest

सभाले यसअघिको कम्पनीको २२ औं साधारण सभाले पारित भएको ६०० प्रतिशत हकप्रद प्रस्तावलाई खारेज गरेको छ ।

त्यस्तै कम्पनीको उक्त सभाले सेयरधनीहरूबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ५ जना सञ्चालकमा निर्विरोध चयन गरेको छ । संचालकहरुमा राजीव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी रहनुभएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS