IME Life New

हकप्रद निष्काशनका लागि चार कम्पनीले दिए बोर्डमा निवेदन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि एकैपटक चार जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । हकप्रद शेयर निष्काशनका लागि अनुमति माग्ने कम्पनीहरुमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी हुन् ।

आँखुखेला जलविद्युत चुक्तापुँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

Esewa
Crest

त्यस्तै, बरुण हाइड्रोपावर र ङादी पावरले चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद निष्काशनको माग गरेका हुन् । बोर्डले अनुमति दिएपछि बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता निष्काशन गर्नेछ । बरुण हाइड्रोपावरको हकप्रद विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता हकप्रद बिक्री गर्नेछ। ङादी ग्रुप पावरको हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यसैगरी लिबर्टी इनर्जीले चुक्ता पुँजी ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS