IME Life New

स्वीफ्टमार्फत डिजिटल मुद्रा पनि अन्तर्राष्ट्रियरुपमा कारोबार गर्न सकिने घाेषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ब्रसेल्स । स्वीफ्टले केन्द्रीय बैंक डिजिटल मुद्रा र टोकनाइज्ड सम्पत्तिहरू विद्यमान वित्तीय पूर्वाधारमै निर्वाधरूपमा अघि बढ्न सकिने विषय सफलतापूर्वक परिक्षण गरेको छ । अन्तर्राष्ट्रिय वित्तीय इकोसिस्टममा उनीहरूको सहज एकीकरणलाई सक्षम पार्ने दिशामा यो एक प्रमुख कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

दुई अलग-अलग प्रयोगहरूबाट प्राप्त निष्कर्षले विभिन्न डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी (डिएलटी) नेटवर्कहरू र अवस्थित भुक्तानी प्रणालीबीचको ब्रिजिङ गरेर, डिजिटल मुद्राहरू र सम्पत्तिहरू सजिलैसँग प्रवाह गर्न, र तिनीहरूसँग अन्तरक्रिया गर्न अनुमति दिएर सीमापार लेनदेनमा अन्तरकृयाशीलताको महत्त्वपूर्ण चुनौती समाधान गर्ने परिक्षण सफल भएको छ। अब केन्द्रीय बैंक डिजिटल मुद्रा र टोकनहरू विकसित हुँदै जाँदा, तिनीहरू विश्वभरका २ सय भन्दा बढी देशहरू र क्षेत्रहरू बीचको व्यापार र लगानीलाई सहज बनाउन द्रुतरूपमा परिचालन गर्न सकिने स्वीफ्टले घोषणा गरेको छ।

Esewa
Crest

अहिले प्रचलनमा रहेको कागजी वा धातुको मुद्रालाई अभातिक मुद्राले विस्थापित गर्नको लागी केन्द्रीय बैंकहरूले विद्युतीय मुद्राको विकास गर्न थालेका छन् । यस्तो मुद्रा कम्प्युटर कोड मार्फत् विद्युतीय उपकरणहरूमै जम्मा हुने र विद्युतीय उपकरण र सूचना प्रविधिको माध्यमबाट लेनदेन हुनेछ । साथै यो मुद्रालाई केन्द्रीय बैंकले नै मान्यता दिने भएको हुँदा सहजै स्वीकार्य समेत हुनेछ ।

दक्षिण एशियाली मुलुकमध्ये भुटानले धेरै पहिले नै यस्तो मुद्रा प्रचलनमा ल्याएको थियो । तर यसले व्यापकता भने पाउन सकेन ।

स्वीफ्टले संसारका अधिकांश बैंकहरूले अन्तर्राष्ट्रिय कारोबारको भुक्तानीका लागी पठाउने सन्देशलाई एकीकृत वित्तीय सूचना प्रणालीमार्फत् विश्वभर प्रवाह गर्छ । कुनै एक देशको बैंकले अर्को देशको बैंकलाई भुक्तानी दिनु वा लिनुपर्ने अवस्थामा भुक्तानी लेनदेन सम्बन्धी सबै सन्देशहरु स्वीफ्ट संजालमार्फत् नै आदान प्रदान गर्छन् । यो सुरक्षित र भरपर्दो माध्यम मानिंदै आएको छ ।

 

विश्वव्यापी रूपमा, १० केन्द्रीय बैंकमध्ये नौ बैंक सक्रिय रूपमा डिजिटल मुद्राहरू अन्वेषण गर्दैछन् । स्वीफ्ट, क्यापजेमिनीसँगको सहकार्यमा, लोकप्रिय कोरम र कोर्डा प्रविधिहरूमा आधारित विभिन्न डिएलटी नेटवर्कहरू बीच केन्द्रीय बैंक डिजिटल मुद्राको लेनदेन, साथै यी नेटवर्कहरू र वास्तविक-समय ग्रस सेटलमेन्ट प्रणालीहरूबीच फिएट र केन्द्रीय बैंक डिजिटल मुद्राको प्रवाहहरू हासिल गरेको छ । परिक्षणको सफलताले देखाएको छ कि ब्लकचेन नेटवर्कहरू एकल गेटवे मार्फत सीमापार भुक्तानका लागि एक अर्कामा जोडिन सकिन्छ । र स्वीफ्टको नयाँ लेनदेन व्यवस्थापन क्षमताले सबै अन्तर-सञ्जाल सञ्चारलाई  सामूहिकरूपमा परिचालन गर्न सक्छ।

बेंक डे फ्रान्स, डच बुण्डेसबैंक, एचएसबिसी, इन्टेसा सानपाउलो, नेटवेष्ट, एसएमबिसी, स्टाण्डर्ड चार्टर्ड, यूबिएस र वेल्स फार्गो लगायत १४ केन्द्रीय र वाणिज्य बैंकहरूले अब पूर्ण मात्रामा तैनातीको मार्गलाई गति दिन परीक्षण वातावरणमा सहकार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS