IME Life New

स्वास्थ्य बीमा बोर्डका बीमितले एनसीएचएल मार्फत नविकरण बीमा शुल्क तिर्न सक्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गरेको छ । बोर्डले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग बोर्डका बीमितले अनलाइन मार्फत् नविकरण बीमा शुल्क भुक्तानी गर्ने गरी सम्झौता गरेको हो ।

बोर्डमा स्वास्थ्य बीमा गराएका बीमितले एनसीएचएलमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाताबाट कनेक्ट आइपिएसमार्फत सिधै नविकरण बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

Crest

अब बोर्डका बीमितहरुले आफ्नो बीमा नविकरणका लागि वडा कार्यालय तथा सम्बन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ । बोर्डले आफ्ना बीमितहरुको सेवाका लागि नविकरण बीमा शुल्क भुक्तानी गर्न एनसीएचएलका साथै, खल्तीसँग पनि सम्झोता गरिसकेको छ भने अब सोही कार्यका लागि छिट्टै इसेवासँग पनि सहकार्य गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS