IME Life New

एनएलजी इन्स्योरेन्सद्वारा विद्यालयलाई स्टेशनरी खरिदका लागि सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–२, उचडिहवास्थित श्री कालिका आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले विद्यालयमा अध्ययनरत १३० जना बालबालिकाको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै रु ४५,००० बराबरको चेक विद्यालयकी प्रधानाध्यापक सीता घिमिरेलाई हस्तान्तरण गरेको हो।

उक्त चेक एनएलजी इन्स्योरेन्स कम्पनी लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख लक्ष्मण सुवेदीद्वारा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विद्यालय परिवारका प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

Esewa
Crest

कार्यक्रममा बोल्दै प्रादेशिक प्रमुख सुवेदीले शिक्षा क्षेत्रको सुदृढीकरणमा कम्पनीले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय परिवारले यस सहयोगप्रति एनएलजी इन्स्योरेन्स कम्पनीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS