IME Life New

स्वावलम्बन लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार (मंसिर १२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्यांक्वेट क्याटेरिङ एन्ड इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अन्य एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिको पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित १ जना सञ्चालकको कार्यकाल आगामी पुस २० गते समाप्त हुने भएकोले उक्त स्थानमा नयाँ सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २२ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS