IME Life New

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ११ हजार ७५३ कित्ता संस्थापक शेयर कात्तिक २५ गतेदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकले एनआइबिएल एस क्यापिटल लिमिटेडमा आवेदनबुझाउन सक्नेछन् ।

Esewa
Crest

इच्छुक आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

आजसम्म प्राप्त भएका बोलपत्र बिहीवार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा खालिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS